अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर २गते।
ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो ।पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।