लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाए विश्वासको मत

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएको  छ ।

सोमबार लुम्बिनी प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा ४५ मत र बिपक्षमा २६ मत परेको थियो । मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा परेको मत प्रदेशसभामा कायम सदस्य संख्याको बहुमत भएकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *