एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज बहराइनको सामना गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १५ गते

एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज बहराइनको सामना गर्दै छ । खेल आज बिहान ७:१५ देखि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो दिन काठमाडौं ओमान र हङकङले विजयी सुरुआत गरेका छन्। समूह बी को खेलमा ओमानले सिंगापुरलाई र समुह ए को खेलमा हङकङले साउदी अरेबियालाई पराजित गरेको हो।

नेपाल समुह ए मा हङकङ, साउदी अरेबिया, बहराइन र आयोजक मलेसियासँग रहेको छ। यस प्रतियोगितामा नेपालले पहिलो खेल आज बहराइनसँग खेल्दैछ भने दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ। यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *