आज तीजको दर खाने दिन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २८ गते

आज तीजको दर खाने दिन। आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् ।

आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ। अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ। त्यसपछि भोली हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ।

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई बिहीबारको व्रतका लागि पूर्वतयारी गर्छन्।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *