नवलपरासीको त्रिवेणी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज १७ गते

नवलपरासीको त्रिवेणी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान पौने ४ बजे सडकबाट नालामा पल्टिएको हो ।

बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *