कैलालीमा बाघको चहलपहल देखिएको र नयाँ पाइला भेटिएपछि आसपासका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता, असोज १८ गते

कैलालीमा बाघको चहलपहल देखिएको र नयाँ पाइला भेटिएपछि आसपासका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। बाघको सम्भावित आवागमन हुने क्षेत्र भारताल साझेदारी वनको कोर क्षेत्रअन्तर्गत पर्ने धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७ र १८ तथा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ का जनप्रतिनिधिलाई समेत घटनाबारे जानकारी गराइएको छ।

डिभिजन वन कार्यालय कैलालीको टोली बाघको खोजीमा खटिएको छ। वन क्षेत्रमा बाघको गतिविधि देखिएपछि स्थानीय उपभोक्ता समूह र सर्वसाधारणलाई एक्लै जंगलमा नजान आग्रह गरिएको छ। साथै, जंगलको छेउछाउका बस्तीमा बसोबास गर्ने स्थानीयलाई रातिको समयमा समेत विशेष सतर्कता अपनाउन वन कार्यालयले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *