अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज २९ गते
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा-आराधना गरिँदै छ।
नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ। भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो। जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए। त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो।
धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ। स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ। यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन्।