अनलाईन न्युजपाटी,नवलपुर,समाचारदाता, मंसिर ३ गते।
पूर्वी नवलपुरको कावासोती नगरपालिका वडा नं १६, तीनघरे चोकबाट लागूऔषधसहित दुई जनालाई नवलपुर प्रहरीले प्रकाउ गरेको छ ।नवलपरासीको गैँडाकोट नगरपालिका बस्ने २७ वर्षका सुरज शर्मा र सोही स्थान बस्ने वर्ष २६ का डिल्लीराम महतोलाई प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको छ ।उनीहरुका साथबाट डाइजोपाम २ सय ५० एम्पुल, नुफिन २ सय ५० एम्पुल, फेनार्गन २ सय ५० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।