अनलाईन न्युजपाटी,बारा,समाचारदाता, मंसिर ३ गते।
बाराबाट स्रोत नखुलेको ३५ लाख ५० हजार रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतो र राजन दुबे रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताए ।ना २६ प १६४९ को मोटरसाईकलमा अवैध हुण्डीको पैसा लिई आउँदै गरेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा रकम सहति दुवैजना सोमबार पक्राउ परेका हुन् ।सुरक्षा प्रहरी वेसक्याम्प लंगडाचोक र प्रहरी विशेष ब्यूरोसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पचरौता नगरपालिका–८ लंगडाचोकबाट दुवैजनाको साथबाट श्रोत नखुलेको ३५ लाख ५० हजार बरामद भएको प्रहरीले जनाएको छ ।बरामद गरिएको रकममा एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान रुपैयाँ रहेको छ । श्रोत खुलाउन नसकेकाले दुवैजनामाथि बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।