काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना

अनलाईन न्युजपाटी,धादिंग,समाचारदाता, मंसिर ५ गते।

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना हुनबाट जोगिएको छ ।  काकडभिट्टाबाट ४५ यात्रुसहित आएको ना ५ ख ५२३६ नम्बरको शुभबिहानी यातायातको बस बिहीबार बिहान पौने ५ बजे तीव्र गतिका कारण मलेखु पुलको मुखको सुरक्षा पर्खालमा ठक्कर खाएर घरतिर मोडिएको हो ।चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक नेत्र भट्टको अनुमान छ ।चालक अर्जुन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *