एकजना उम्मेदवारलाई अर्को दलका कार्यकर्ताले कुटपिट गरेर झाडीमा फालिदिए

अनलाईन न्युजपाटी, मंसिर ९ गते।

एजेन्सी: मदान केन्द्रमा जाँदै गरेका एकजना उम्मेदवारलाई अर्को दलका कार्यकर्ताले कुटपिट गरेर झाडीमा फालिदिएका छन्। यो समाचार भारतको पश्चिम बंगाल राज्यस्थित करिमपुरमा भएको हो। सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा करिमपुर विधानसभा उपनिर्वाचनका उम्मेदवार जयप्रकाश मजुमदारमाथि नदिया जिल्लाको फिपुलखोला इलाकामा सोमवार कुटपिट भएको हो।  मतदान केन्द्रमा गइरहेका बेला समय ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेर झाडीमा फालिदिएका हुन्। टिभी फुटेजमा केही मानिसको समूह मजुमदारमाथि कुटपिट गरिरहेको देख्न सकिन्छ। कुटाई खाएपछि उम्मेदवार मजुमदारले तृणमुलका ‘गुण्डा’हरुले आफूमाथि आक्रमण गरेको जनाएका छन्। ‘घाउ त निको भइजान्छ। तर यो घटनाले ‘पश्चिम बंगालमा लोकतन्त्रको अन्त्य’ को स्पष्ट संकेत गरेको छ’, उनले भनेका छन्।  भाजपा नेताहरुले तृणमूल कार्यकर्ताले धाँधली गरेर मतदान गर्न खोजेपछि यस्तो घटना भएको हो। पश्चिम बंगालमा भाजपा इकाईका उपाध्यक्ष मजूमदारले आफुलाई यो घटनाले निराश नबनाउने जनाउँदै मतदान केन्द्रको दौड नरोकिने जनाएका छन्। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *