अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर १८ गते।
इलाका प्रहरी कार्यालय गोलबजारले ब्राउन सुगरसहित गोलबजार ६ बाट ४ जना युवकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सिपेक्टर जनक पुरीको कमाण्डमा खटिएको टोलीले मंगलबार राती दुई जनालाई गोलबजार ३ बाट आठपोका ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरुले दिएको सूचनाको आधारमा गोलबजार ६ बाट थप दुई जना गरी चार जनालाई पक्राउ गरिएको इन्सपेक्टर निरीक्षक पुरीले जानकारी दिए । प्रहरी निरीक्षक पुरीका अनुसार पक्राउ पर्नेहरुमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साह रहेका छन् । प्रहरीले गोलबजार ३ मा उनीहरुले दिएको सूचनाको आधारमा बिमल र उनका भाइ निलमलाई ७३ पोकामा प्याक गरिएको ब्राउनसुगर बरामद गरिएको प्रहरी निरीक्षक पुरीले उल्लेख गरे । पक्राउ परेकाहरुलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको र बरामद भएको ८१ पोका ब्राउनसुगर तौल नभएपनि करिब चार ग्राम बराबर रहेको प्रहरीले जनाएको छ ।