अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १९ गते।
ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन सकेको छैन ।‘बम हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी प्रभाग पुल्चोककी इन्सपेक्टर पुर्णिमा चन्दले बताइन् ।