माहागढिमाई नगरपालिकाको गाडी मकवानपुरको रातोमाटेमा दुर्घटना

अनलाईन न्युजपाटी,बारा,समाचारदाता, पौष १८ गते।

बाराको माहागढिमाई नगरपालिकाको गाडी मकवानपुरको रातोमाटेमा दुर्घटना भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर थापा चडेको गाडी दुर्घटना भएको छ । कलैयाबाट काठमाण्डौ हिँडेको ना १ ज १५८५ नम्बरको उक्त पिकअपलाई हेटौँडाबाट पथलैयातर्फ आउँदैगरेको ना ८ ख ७२४४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *