काठमाडौंको असनमा एउटा घरमा आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १८ गते।

काठमाडौंको असनमा एउटा घरमा आगलागी भएको छ । शुक्रबार बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ ।काठले बनेको उक्त घरमा ठूलो आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेको छ ।महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् । आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने जानकारी आइ नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *