अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष १८ गते।
पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चोक स्थित रहेको ब्लु हेभेन एकेडेमी बोर्डिंग स्कुलमा बिहिबार राती चोरी भएको छ ।रातीको समयमा स्कुलमा कोहि नभएको अवस्थामा अज्ञात समुहले स्कुलको कार्यालय र लेखा शाखाको ताला हेक्सा ब्लेडले काटेर चोरी गरेका छन् । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चोरहरुले चोरेर लगेका छन् भने सिसिटीभी फुटाई क्षतीग्रस्त बनाएको पडित स्कुलका संचालक सुदिल पटेलले बताए ।शुक्रबार बिहान स्कुलमा जादा सामान चोरी भएको हेर्दा अच्चम लागेका प्रिन्सपल समेत रहेका संचालक पटेलले बताए । प्रहरीले घटना स्थलमा पुगी क्षतीपुर्तीको विवरण संकल गरी चोरहरुको खोजि तलाशमा लागेको ईलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लंगडी नजिकै रहेको स्कुलमा चोरी हुनु दु:खद कुरा भएको स्थानियहरुले गुनासो गरेका छन । प्रहरीले गर्ने रातीको समयको गस्तीमा चिसो मोसममा कमी आएका कारण केही समय यता रुकेको चोरीको घटना फेरी सुरु भएको हुन सक्ने स्थानियहरुको भनाई छ ।