अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २० गते।
दुबईबाट धुलो बनाई ल्याइएको एक किलो दुई सय ग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन्। फ्लाई दुबईबाट नेपाल आएका भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार,विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।शनिबार राति मोहम्मद मित्तालिब र परवेज मुसरफलाई पक्राउ गरिएको महाशाखाले जनायो।प्रहरीका अनुसार एक जनाले मलद्वारमा चार सय ग्राम, अर्कोले पनि चार सय ग्राम र ट्राउजरभित्र तथा खुट्टामा लुकाएर ल्याइएको सुन बरामद भएको हो।