अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पौष २० गते।
लागुपर्दाथ दुव्र्यसन बाट प्रभाबित मानिसहरुको संख्या दिन प्रति दिन अझै बडदैगैरहेको छ ।
नियमित लागुपदार्थ सेवन गर्ने तथा ओसार पोसार गर्ने कार्यक्रम सिरहामा कम भएको छैन ।
ई।प्र।का। लहान सिरहाबाट खटिएको गस्ती टोलीले पौष १८ गते लहान न।पा। ३ सिंग्राही स्थित चेकजाँच गर्दा जिल्ला सिरहा, लहान न।पा। ३ बस्ने वर्ष २० को गोपिन्दर कामैत र लहान न.पा. १ बस्ने वर्ष २२ को चन्दन चौधरीको साथबाट लागु औषध फेनरागन १० एम्पुल, नोर्फिन ११ एम्पुल, डाईजील्याव ११ एम्पुल फेला पारी दुवैजना लाई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलयले अनलाईन न्युजपाटीलाई जानकारी दिनुभयो।