अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,माघ २३ गते।
मोरङको विराटनगरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।विराटनगर महानगरपालिका–१० को भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा ४५ वर्षीय सलिम मियाको मृत्यु भएको हो ।बिहीबार बिहान सवा ७ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफैँ अनियन्त्रीत भई दुर्घटना भएको थियो ।सो दुर्घटनामा चालक विराटनगर महानगरपालिका–१७ का मिया गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका क्रममा न्युरो अस्पताल विराटनगर लगिएको थियो ।उपचारको क्रममा उनको बिहान साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यस्तै सोही अटोमा सवार रहेका अन्य ३ जना घाइते भएका छन् ।घाइते हुनेहरूमा विराटनगर–१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब रहेका छन् ।उनीहरूको सोही अस्पतालमा उपचार भइरहेरको छ भने अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।