अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,माघ २३ गते।
धनगढीमा ट्रकमा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को राजपुर चोकमा बर्दियाबाट धनगढीतर्फ आउँदै गरेको ना १ क ३७१३ नम्बरको ट्रकमा सोही दिसाबाट आईरहेको से६ प ८४९० नम्बरको मोटरसाईकल ठोक्किएको हो।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार मोटरसाईकल ट्रकको बिचको चक्कामा परेपनि चालक धनगढी उपमहानगरपालिका २ का ४० वर्षीय प्रकाश चन्द हाम फालेर जोगिएका छन्। चन्दको हातमा समान्य चोट लागेको छ।