दार्चुलामा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु

अनलाईन न्युजपाटी,दार्चुला,समाचारदादाता,माघ २३ गते।

दार्चुलामा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ। जिल्लाको  गोकुलेश्वर–मार्ग सडकखण्ड अन्तर्गत बिहान १० बजेको समयमा  गोकुलेश्वर नायलमा बा १३ च २०४१ नम्बरको स्कारपियोले ठक्कर दिदाँ शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर नायलका ५ वर्षीय बालक महेश महरको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ, घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *