अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता,माघ २३ गते।
डिशहोमले विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजन गरेको छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा जम्मा ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् ।
जनकपुरधाम डिशहोम कार्यालयका सुपरभाईजर शिवराम मण्डल ज्युले अनलाईन न्युजपाटीसंग कुरागर्दै आगामी माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने त्रिकोणात्मक क्रिकेट सिरिजको प्रायोजक डिशहोमले गरेको जानकारी दिनु भएको हो।नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते हुने भएको छ ।