सप्तरीमा ऐलानी जग्गाको बिषयमा छलफल गर्ने क्रममा दुई पक्ष बिच बुधवार कुटपिट हुदा पाँच जना ब्यक्ति घाइते

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदादाता,माघ २३ गते।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ७ स्थित हाटीमा ऐलानी जग्गाको बिषयमा छलफलको क्रममा दुई पक्ष बिच बुधवार कुटपिट हुदा पाँच जना ब्यक्ति घाइते भएका छन्  । कुटपिटका क्रममा स्थानिय १६ बर्षिय मोहम्द हकिमलाई छुरा प्रहार गर्दा उनको टाउँको फुटेको छ भने १६ बर्षिय मों. सदाम, १७ बर्षिय मो.हसिम, २२ बर्षिय इसराफिल र ६२ बर्षिय नन्दकिशोर यादवको खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेको छ ।कुटपिटबाट घाइते भएका  उनीहरुलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।सो घटनामा संलग्न रहेका ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । यता कुटपिट घटनामा संलग्न रहेकालाई कार्वाहीको माग गर्दै पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी  दिएको जनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *