अनलाइन सपिङको नाममा ठगी धन्दा चलाएको आरोपमा ९ जना पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,फागुन ९ गते।

अनलाइन सपिङको नाममा ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका ९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।मोरङ प्रहरीले पक्राउ गरेको उनीहरुलाई जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको हो ।पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचाका विशाल अर्याल भनिने निरञ्जनप्रसाद आचार्यसहित मुख्य नाइके भएको प्रहरीले जनाएको छ ।उनीसहित ९ जनाविरुद्ध बिहीबार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको हो ।अपराधिक समूह स्थापन, सञ्चालन गरी ठगी, बैंङ्किङ कसुर र सरकारी दस्तखत किर्ते मुद्दामा उनीहरुलाई पक्राउ गरिएको थियो ।खोटाङको जन्तेढुंगाका २२ वर्षीय शिवजी खड्का, २० वर्षीया देवी चौलागाईं, धरान २० की भावना राई, सरिता परियार, सानु गौतम, बर्षा कार्की, लक्ष्मी कार्की लगायतकालाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *