अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,फागुन १६ गते।
लागुऔषध ६ किलो गाँजासहित ३ भारतीय युवा पर्सा बाट पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरीले टोलीले शुक्रबार मध्यान्ह जिल्लाको शंकराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजना युवाले शरीरको दुवै भागमा प्लाष्टिकमा गाँजा राखी डोरीले बाँधेर सीमा कटाउन लागेको समयमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। उनीहरू तीनै जना युवाले दुईदुई केजीका दरले गाँजा बोकेका रहेछन् उनले भने । पक्राउ पर्ने युवा भारत विहार जिल्ला छपरा ग्राम महुली वडा नम्बर २ थाना तरैया बस्ने ३५ बर्षीय दिनेश सहनी, सोही ठाउँका २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेको पर्साका प्रहरी नायव उपरीक्षक शाहीले बताए। पक्राउ परेका अभियुक्तलाई लागुऔषध मुद्दामा थप अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले बताए।