अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन १८ गते।
‘डीटीएच’ सेवा प्रदायक कम्पनी डिशहोमले जनकपुर, बर्दीबास, गौशाला, लालबंदी, बड़थवा, मलंगवा, सिन्धुली र जलेश्वरमा सबडिलर मिट कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । डिलर मिट कार्यक्रममा डिशहोमबाट शंकर बस्नेत ( After Sales Officer) जे बि गुरुङ ( Regional Manager) संजिव कार्की ( Area Sales Manager) शिव निरौला ( Sales Officer) र सयौको सख्यामा सबडिलरबाट पाल्नु हुने प्रतिनिधिको बाक्लो उपस्थिति थियो।
डिशहोम ग्राहक सेवा केन्द्र जनकपुरधाम अन्तर्गत पर्ने धनुषा ,महोत्तरी, सर्लाही, सिन्धुली जिल्लामा आफ्ना सबडिलरहरु मार्फत ग्राहक मैत्री सेवा छिटो र छरितो तरिकाले पुर्याउन यो कार्यक्रमले अझ बढी सहयोग पुर्याउने लेखा अधिकृत रश्मि मिश्राले अनलाईन न्युजपाटीलाई बताईन।
उक्त कार्यक्रममा उत्कृष्ट डिलरहरुलाई क्रमश: जनकपुरबाट लालबाबु साह, खैरमाराबाट उदय तामांग, सर्लाहीबाट रोहित चौधरी र धनलाल थोकर, बागमतीबाट नकुल जैसवाल, गोदैडाबाट सुनिल ठाकुर र बलवाबाट उमेश महतोलाई सम्मान गरिएको थियो। डिशहोम बिक्रि पछि को सेवा यस भेग मा नै उत्कृस्ट रहेको जानकारी प्राविधिक सुरेन्द्र मण्डलले जनाएका छन् । डिसहोमले डिलरहरुसँग वर्तमानमा बजारको स्थिति समीक्षा गर्दै नयाँ रणनीति र योजनाका साथ अघि बढ्न का साथै डिलरहरुको प्रतिक्रिया लिने र कम्पनीबाट दिईने अफरको बारे समेत जानकरी गराएका थिए ।