ललितपुरको बालकुमारीमा आज बिहान आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन १८ गते।

ललितपुरको बालकुमारीमा आइतबार बिहान आगलागी भएको छ ।मुख्य सडकमै रहेको व्यावसायिक भवनमा पौने नौ बजेतिर आगलागी भएको थियो । वारुण यन्त्रको मद्दतमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भवनको दुई वटा तलामा क्षति भएको छ । दुवै तलामा रहेका फर्निचर, कागजात लगायतका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *