अनलाईन न्युजपाटी,धनगढी ,समाचारदाता,फाल्गुन २३ गते।
सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेका अवैध बोईलर कुखुरा बरामद गरेको छ। धनगढी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणले धनगढीको जुगेडाबाट ल्याउँदै गरेका दुई लाख १० हजार मूल्य पर्ने एक हजार किलो बराबरका अवैध कुखुरा बरामद गरिएको जनाएको छ।
बरामद गरिएका सबै अवैध कुखुरा पशु स्वास्थ्य प्राविधिक, क्वारेन्टाईन चेक पोष्ट धनगढी र कुखुरा तथा अण्डा उत्पादक किसान संघ र नेपाल ह्याचरी व्यवसायी संघ संगका प्रतिनिधीको रहोबरमा नष्ट गरिएको छ।