विराटनगरको रानीबोर्डरमा कोराना भाइरस रोगको प्ररिक्षण सुरु

अनलाईन न्युजपाटी,विराटनगर ,समाचारदाता,फाल्गुन २४ गते।

चिनबाट सुरु भएको, विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा यसबाट बच्नको लागी विराटनगरको सीमा क्षेत्रमा हेल्प डेक्सको माध्यमबाट सचेतना अगाडी बढाउन सुरु गरिएको छ । नेपाल सरकारको निर्देशन अनुसार विराटनगर १७ स्थित रानी भन्सार छेउमा कोरोना भाइरस संक्रमणबाट सचेत गराउनका लागि सहायता केन्द्र (हेल्प डेक्स) को माध्यमबाट नेपाल-भारत बोर्डरमा आवत जावत गर्ने यात्रुहरुलाई कोरोना भाइरसको प्ररिक्षण सुरु गरिएको छ ।
सहायता केन्द्रमा महानगरपालिकाले ज्वरो नाप्ने यन्त्र ( माइक्रो लाईफ) साथै रोगका लागि आवश्यक पर्ने पारासिटामोल र टिनिडाजोल औषधीको व्यवस्था गरिएको छ । कोरोनाको मुख्य लक्षण १००.४ डिग्री ज्वरो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको छ । दैनिक एक सय देखि डेढ सय सम्मलाई दैनिकी परिक्षण गर्नुका साथै कोरोना भाइरस सम्बन्धी जानकारी गराउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *