रोकिएन अबैध रुपमा बोइलर कुखुराको तस्करी: नेपाली किसान पिडित

अनलाईन न्युजपाटी,सुनसरी ,समाचारदाता,फाल्गुन २४ गते।

सुनसरीको सिमावर्ती क्षेत्र हुदै अबैध रुपमा बोइलर कुखुरा भित्रन थालेको छ । सिमावर्ती क्षेत्रबाट अबैध रुपमा कुखुरा नेपाल भित्रिए सँगै कुखुरा ब्यवसायीहरुले गुनासो गरेका छन । नेपाली किसानहरुले उत्पादन गरेको जिउदो कुखुरा २३० रुपैया पर्छ । तर अहिले भारतबाट आएको कुखुराको मुल्य १६० रुपैया मात्र पर्छ ।

भारतबाट अवैध रुपमा तस्करी हुने कुखुरा र कुखुराजन्य पदार्थ नरोकिँदा सुनसरीका कुखुरा व्यवसायी पीडित बनेका छन । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि व्यवसाय धरापमा परेको जानकारी दिए । कुखुरा तस्करीमा भारतीय किसान, व्यपारी र केही सीमाका नेपालीहरु समेत संलग्न रहेको बताइएको छ । अवैधरुपमा भारतबाट ल्याउदै गरेको कुखुरा इटहरी प्रहरीले बिहिबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय इटहरीले पोल्टि फर्म तथा मासु व्यबसायी समेतको रोहबरमा बरामद भएका ती कुखुराहरु नष्ट गरी चालक सहित कुखुरा चोरी पैठारी गर्न प्रयोग गरिएको मोटरसाईकल आवश्यक कारबाहिको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धु, कोशी ब्यारेज पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared