अनलाईन न्युजपाटी वीरगंज ,समाचारदाता,चैत २१
कृष्ण यादव,
बिरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाको वडा कार्यालयको भवनमा रहेको स्वास्थय चौकि र कार्यलयमा चोरी गरि आग्जनी गरेको पर्सा प्रहरीले जनाएको छ।
बिहिबार राति वीरगंज महानगरपालिका वडा नम्बर २४ को वडा कार्यालयको ताल्चा फुटाई कार्यलयको समान चोरीगरि आग्जनी गर्दा टेबल,कुर्सी , केही काग्जातहरु जलि नष्ट भएको छ। सो कार्यलयमा भएको आगजनी र चोरिबाट करिब 4 लाख मूल्य बराबरको छती भएको वडा नम्बर २४ का वडा २४ का वडा अध्यक्ष पटेलले बताउनु भएको छ।
लक डाउनका कारण राहत बितरण गर्न को लागि शुक्रबार बिहान सर्बदलिय बैठक बस्नको लागि वडा कार्यालयमा पुगदा ताला तोडि समान चोरी र आग्जनी समेत भएको वडा अध्यक्ष दशरथ पटेलले अनलाईन न्युजपाटीलाई बताए । वडा प्रहरी कार्यलय श्रिपुर बाट प्रहरी घटनास्थल मा पुगेर मुचुल्का उठाई घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाकारी दिएको छ।