अनलाईन न्युजपाटी जनकपुरधाम ,समाचारदाता, बैशाख ०७ गते।
प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालक्ष्मी विकाश बैंक लि. ले चार लाख रुपैया सहयोग गरेको छ । जनकपुरधाममा स्थित बैंकको शाखा कार्यालयका प्रबन्धक रबिन्द्र कुमार मिश्रले आज एक कार्यक्रम बीच चार लाख बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा महालक्ष्मी विकाश बैंक लि. जनकपुरधाम शाखाका कर्मचारीहरु बिपिन कुमार झा, चन्दन कुमार झा र सुनिल यादवको उपस्थित थियो ।
यस महालक्ष्मी विकाश बैंक ले सामाजिक उत्तरदाईत्वको बहन गर्दै आएको छ र आगामी दिनहरु मा पनि सामाजिक कार्यहरुमा योगदान दिने प्रतिवध्ता गरेका छन् ।