विश्वभरि लकडाउनले तेलको माग घटेपछि अमेरिकी बजारमा तेलको मूल्य अत्यधिक घट्यो

अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, बैशाख ०९ गते

विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएको छ। फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ। अमेरिकी तेलको मूल्य पहिलो पटक घटेको छ।

यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन क्रेतालाई भुक्तानी दिइरहेका छन्। अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को प्रतिब्यारल मूल्य -३७.६३ अमेरिकी डलरमा झरेको छ। सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका छ।तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ।

मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे। जुन महिनामा पनि वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारल मूल्य २० अमेरिकी डलर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *