कोरोना संक्रमितहरुको उपचार गरने स्वास्थ्यकर्मी र रिपोर्टिङ गर्ने संचारक्रमीको RDT नगेटीभ

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज  समाचारदाता, बैशाख ०९ गते।

कोरोना संक्रमितको उपचारमा खटिएका नारायणी अस्पतालका स्वास्थ्यकर्मी पिसिआर टेस्ट, सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु र पर्सामा कोरोना संक्रमितको समाचार संकलन गर्ने संचारकर्मीहरुको RTD चेक नतिजा नेगेटिभ आएको छ ।

लगातार सात दिनसम्म संक्रमितको उपचारमा खटिएका उनीहरुको पिसिआर टेस्टको नतिजा पनि नेगेटिभ आएको हो । यसअघि ती स्वास्थ्यकर्मीको आरडिटीको नतिजा पनि नेगेटिभ नै आएको थियो । गत बैशाख ६ गते सबैजनाको आरडिटीको नतिजा आएपछि सोही दिन पिसीआर परिक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको थियो ।

तीन जना भारतीय कोरोना संक्रमितसँगै रौतहटमा फेला परेको संक्रमित एक युवक पनि नारायणीकै आइसोलेसनमा उपचाररत छन् ।“पहिलो चरणमा सात दिनका लागि खटिएका थियौं” नारायाणी अस्पतालका चिकित्सक डा. निरज कुमार सिंहले भने “पिसिआर टेस्ट गरायौं, नतिजा नेगेटिभ नै आएको छ, भगवानलाई धन्यवाद दिन चाहन्छु ।”

डा. सिंहसहित मेसु डा. मदन उपाध्याय, डा. उदय नारायण सिंह, डा. राकेश तिवारी, डा. निरा पाठक, डा. अनुप यादव, डा. म. सहाबुद्दिन, डा. दिपक चौरसियाको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएको हो । साथै, स्वास्थयकर्मीहरु मनिषा पाण्डे, अस्मिता थापा, श्रुति साह पनि परिक्षणको नतिजा नेगेटिभ आएको डा. सिंहले जानकारी दिए । यसै गरी सुरक्षा निकायका खटिएका सुरक्षाकर्मीहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख कमल राज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु लगाएतको RDT चेक नतिजा नेगेटिभ आएक छ।

यसै गरि समाचार संकलन गर्ने संचारकर्मी दिपक चौरसिया, अमित अग्रवाल, रंजित चौरसिया, विनोद पटेल, अजय चौरसिया, श्रवण कुमार र नरेश सर्राफ लगायतहरुको RDT चेक नतिजा नेगेटिभ आएको छ । संक्रमितहरुको उपचारमा यो हप्ता डा. हरिलाल प्रसाद जैसवालको नेतृत्वमा डा. कृष्ण अधिकारी, डा. एराज खान लगायतको स्वास्थ्यकर्मीको टोलि खटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *