मनोज कुर्मीले व्यक्तिगत खर्चमा छपकैयाका १२०० परिवारलाई राहत वितरण गरे

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख १६गते

वीरगंज महानगरपालिका बड़ा न.१ छपकैया निवासी मनोज राउत कुर्मीले आफ्नो व्यक्तिगत खर्चमा राहत बितरण गरेका छन।लकडाउन शुरू भए पछि उनले सो टोलका अतिविपन्न, विपन्न, गरीब, दलित परिवारलाई राहत वितरण गर्दै आएका छन्। पहिलो चरणमा एक हजार(१०००) परिवार लाई प्रति परिवार दुई किलो पीठो वितरण गरेका थिए। सामाजिक एवं धार्मिक कार्यमा आफ्नो छुटै पहिचान बनाएका छन मनोज राउत कुर्मी। यसैगरी कुर्मीले सोही क्षेत्रका बार सय (१२००) परिवारलाई प्रति परिवार चामल ५ किलो, आलु २ किलो, नून १ प्याकेट र सोयाबिन आधा किलो राहत वितरण गरेका थिए।बीरगंज महानगरपालिका बड़ा न.१ छपकैयामा रहेको बिभिन टोल जस्तै बजार छपकैया,दुसाध, दलित, धाँगड जातिका बस्ती रहेको शान्तिटोल, नैकाटोल, सिसौंबारी, चित्रगुप्तनगर राहत बितरण गरेको कुर्मीले अनलाईन न्युजपाटीलाई बताए।

साथै बड़ा न.१ छपकैया नजिक रहेको बड़ा न.२ र ३ का १५० परिवार लाई समेत राहत बितरण गरेका छन।राहत संगै सो बड़ामा आफ्नै निजी खर्चमा कुर्मीले सेनिटाइजर समेत गराएका थिए। कुर्मी समाजमा समेत लोकप्रिय छन मनोज कुर्मी।आवश्यकता अनुसार सेवाकार्य जारी रहने कुर्मीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *