ट्रम्पको विश्वास सन् २०२० को अन्त्यसम्ममा खोप उपलब्ध हुने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २२ गते

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोनाभाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन्। फक्स न्यूससँगको अन्तर्वार्तामा उनले भने: “यो वर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौँ।” संसारभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसको खोप विकास गर्न मिहेनत गरिरहेका छन् तर धेरै विज्ञहरू यस्तो खोप सबैका लागि उपलब्ध सन् २०२१ तिरमात्रै हुने विश्वास गर्छन्। ट्रम्पले भने आफ्ना स्वास्थ्य सल्लाहकारहरूले यति छिटो समयावधिमा खोप उपलब्ध हुन गार्हो हुने बताएपनि त्यो हुने विश्वास गर्छन्। उनले भने, “चिकित्सकहरूले मलाई यस्तो भन्न हुँदैन भन्छन् तर म आफूलाई लागेको कुरा बोल्छु।”

सियाटलमा कोरोनाभाइरसको खोपको पहिलो मानव परीक्षण भएको एक महिनाभन्दा बढी भइसकेको छ।तर त्यो खोप मानवमा सुरक्षित छ कि छैन भनेर गरिएको परीक्षण सफल भएपनि त्यसपछि त्यसको दोस्रो परीक्षण हुनुपर्छ र नियामक निकायले त्यसलाई अनुमति दिनुपर्छ। त्यसपछि खोप ठूलो मात्रामा उत्पादन गर्ने प्रक्रिया शुरू हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *