अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख २४ गते
वीश्वब्यापी रुपले फैलिरहेएको कोभेड (१९) नोबेल कोरोना भाईरसको उपचाको लागि कोरोना अस्पताल बनाए पछि निकै बिवाद भएपनि कोराना अस्पताल गरि नारायणी हस्पिटलमा ५ बेडेको आईसोलेसन थियो । नारायणी अस्पतालको सबै सेवा बन्द भएपछि ५० बेडको आइसोलेशन वार्ड घोषणा गरेको नेशनल मेडिकल कलेजले वार्ड बनाएन । चैत २२ गते यो २० बेड नारायाणी अस्पताललाई हस्तान्तरण गरिएको थियो । जग्गदम्बा ग्रुपका सञ्चालक राजेश अग्रवाल र रुगंटा वेल फेयरको आर्थिक सहयोगमा करिब १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गरियो । सासद प्रदीप यादवको पहलमा ।
आज प्रश्न उठदै छ नारायणी अस्पतालमा आइसोलेशन वार्ड किन थपियो ?चैत ३० गते तीन जना भारतीयमा कोरोना संक्रमणको पुष्टि भयो । उनीहरुलाई राख्ने आइसोलेशन वार्ड नारायणीमा बाहेक अन्त थिएन । त्यही भर्ना गरियो, स्वभाविक हो कोरोना संक्रमीत भर्ना भएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको घोषणा गर्यो । यो त्यतीबेलाको आवश्यक कदम थियो ।चैत ३० गते महानगर प्रमुख ,पर्साका प्रमुख जिल्ला अधिकारी सहित स्थानीय सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकमा मुख्यमंत्रीको समेत सहमतीमा बीरगंज हेल्थ केयर अस्पताललाई मासिक भाडा दिने गरि कोभिड अस्पताल बनाउने सहमती भयो । त्यही साँझ यो सहमती अनुसारको काम नगर्न भन्दै मुख्यमंत्री पछि हटनु भयो ।
महामारीले संकटको संकेत गरेको बेलामा स्थानीय प्रशासन र महानगर प्रमुखले आफना नगरिकको सुरक्षाकालागि लिएको तत्परताले सार्थकता पाउन भने सकेन । तर अनेकौ अडचनका बाबजुद महानगर प्रमुखको प्रयास जारी रह्यो र त्यसले आजको दिनमा सार्थकर्ता पाएको छ । राजनीतिमा आफना नागरिकको रक्षाकालागि दुरगामी प्रभाव पार्न सक्ने फैसला लिन सक्ने नेतृत्वले मात्र खास अर्थ राख्छ । महानगर प्रमुख सरावगीले लिएको निर्णयले आज त्यो कुराको पुष्टि गरेको छ । एक्लै जस्तो भएका महानगर प्रमुख सरावगीको कदममा साथ दिन गण्डक अस्पताल आयो ,अन्तत सबै राजनीतिक दलहरु आए ।
नागरिक समाजले आवाज उठायो गण्डक अस्पताल संगको सम्झौतालाई असफल पार्ने प्रयासमा लिनहरु पनि अन्तत त्यही बाटोमा आए । स्वास्थ्यमंत्रालयले नारायणी अस्थायी कोभिड अस्पताल गण्डक अस्पतालमा संचालन गर्ने अनुमती दिने निर्णय गरेकामा आफूलाई निकै खुशी लागेको महानगर प्रमुख सरावगीले बताउनु भयो । उहाँले मध्य तराईका आम नागरिकको उपचारको भरोसाको केन्द्रको रुपमा रहेको नारायणी अस्पताल उहाँहरुको उपचारमा संचालनमा आउने कुराले आफूलाई निकै राहत मिलेको बताउनु भयो । मंहगो उपचार सेवा लिन नसक्ने नागरिककालागि नारयाणी अस्पतालको सेवा पूर्ववत संचालनमा आउने कुराले आफूलाई निकै ठुलो आत्मसन्तुष्टि मिलेको उहाँले बताउनु भयो । उहाँले केन्द्र सरकारलाई धन्यवाद दिनु भयो । प्रदेश र केन्द्र सरकारको सहयोगमा कोरोना बिरुद्धको लडाई लडने र जीत्ने हो उहााको भनाई छ ।
संघ सरकारको निर्णयले उत्साहित बनाएको छ उहाँले भन्नु भयो अव सबै तयारी गछौ अस्पताललाई स्यानीटाइज गरेर आम नागरिकको सेवाकालागि तयार पार्छौ । प्रतिनिधि सभाका सदस्य प्रदीप यादव महानगरको यो निर्णयको बिपक्षमा हुनुहुन्थ्यो । नारायणी अस्पताललाई पूर्वत संचालन गर्नु पर्ने भन्दै आज स्वास्थ्यमंत्रीलाई ज्ञापन बुझाउने ठाउमा उहाँपनि जानु भयो। कोरोना संक्रमीतहरुको उपचारमा संलग्न चिकित्सकहरुको क्वारेन्टिनको ब्यवस्था बीरगंज महानगरले गर्यो । महानगरभित्र ३४ हजार परिवारलाई राहतको ब्यवस्थापन गरेको छ । यसले स्थानीय सरकारको प्रभावकारिता पनि देखायो । निकै रस्साकस्सीपूर्ण राजनीतिक हट बिषय बनेको कोभिड अस्पतालको यो निर्णय संगै राजनीतिकर्मीहरुकालागि अर्को बिषय खोज्नु पर्ने बेला आएको छ । नारायणी हस्पिटलबाट गणडक हस्पिटलमा लगेपछि २ नम्बर प्रदेशको जनता खुशि ब्यक्त गरेको छ।