बाजुरामा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एक जना बेपत्ता,दुई घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन २९ गते

बाजुरामा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन्।

गए रातिदेखिको अविरल वर्षापछि बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन्।

लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको बताए। उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *