अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, साउन ३० गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:
आजको दिन बौद्धिक काम र सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययन तथा अध्यापनमा राम्रो सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। सेयर बजार वा वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्न सक्छ। सन्तान वा परिवारका साना सदस्यहरूबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेमी(प्रेमिकाबीच आत्मीयता बढ्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :
आज पारिवारिक विषयमा अलि बढी ध्यान दिनुपर्ने हुन सक्छ। घर(जग्गा वा सवारी साधनको कारोबार गर्दा अलि विचार पुर्याउनुहोला। आमा वा परिवारको कुनै वरिष्ठ सदस्यको स्वास्थ्यको चिन्ता हुन सक्छ। काममा अलिकति सुस्तता आए पनि साँझपख स्थिति सुधारिनेछ। मनलाई स्थिर राखेर निर्णय लिनु बुद्धिमानी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:
तपाईंको पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। छोटो दूरीको फलदायी यात्राको सम्भावना छ। भाइबहिनी वा दाजुभाइको सहयोगले रोकिएका कामहरू बन्नेछन्। सञ्चार, लेखन, र कलात्मक क्षेत्रमा जोडिएका व्यक्तिहरूका लागि आजको दिन निकै राम्रो छ। नयाँ योजना सुरु गर्न उत्साह मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :
आर्थिक दृष्टिले आजको दिन शुभ रहनेछ। रोकिएको धन फिर्ता आउन सक्छ वा नयाँ आम्दानीका स्रोतहरू खुल्नेछन्। बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा सभा(समारोह वा वार्तामा सफलता मिल्नेछ। मीठो भोजनको आनन्द प्राप्त हुनेछ। पारिवारिक माहोल सुमधुर रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :
मनमा नयाँ ऊर्जा र उत्साह थपिनेछ। आँटेका कामहरू आफ्नै प्रयासमा सजिलै पूरा हुनेछन्। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यक्तित्व प्रभावशाली बन्नेछ। व्यावसायिक क्षेत्रमा नयाँ अवसरहरू हात पर्न सक्छन्। कार्यक्षेत्रमा निर्णय लिने क्षमताको प्रशंसा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) #Virgo :
कामको सिलसिलेमा अलि बढी दौडधुप र खर्च बढ्न सक्छ। वैदेशिक काम वा वैदेशिक व्यापारमा भने राम्रो प्रगति हुनेछ। स्वास्थ्यमा केही सामान्य थकान वा आलस्यता महसुस हुन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोला। दान-पुण्य र धार्मिक कार्यमा मन जानेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :
आजको दिन ठूलो लाभ र सफलता दिलाउने खालको छ। मिहिनेतको पूर्ण फल प्राप्त हुनेछ। व्यापार-व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ। साथीभाइ र शुभचिन्तकहरूको पूर्ण सहयोग मिल्नेछ। रोकिएका पुराना कामहरू अचानक बन्ने योग छ। मन प्रसन्न रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:
कार्यक्षेत्र र रोजगारीको क्षेत्रमा ठूलो सफलता मिल्नेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ। उच्च पदाधिकारी वा वरिष्ठ व्यक्तिहरूसँगको सम्बन्ध सुधारिनेछ। बुवाको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुन सक्छ। समाजमा तपाईंको कामको प्रशंसा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :
धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। भाग्यले पूर्ण साथ दिनेछ, जसले गर्दा थोरै मिहिनेतमा पनि धेरै सफलता मिल्नेछ। दूरदराज वा लामो दूरीको यात्राको योजना बन्न सक्छ। उच्च शिक्षा वा बौद्धिक क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :
सावधानी अपनाउनुपर्ने दिन छ। स्वास्थ्यमा केही समस्या आउन सक्ने वा चोटपटकको भय भएकाले सवारी साधन चलाउँदा वा काम गर्दा सतर्क रहनुहोला। गोपनीयता जोगाएर काम गर्नुहोला। साँझपख परिस्थितिमा केही सुधार आउनेछ। अप्रत्याशित रूपमा केही सिक्ने मौका मिल्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:
व्यापार-व्यवसाय र साझेदारीका काममा राम्रो नाफा मिल्नेछ। जीवनसाथीको पूर्ण सहयोग र माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध झन् प्रगाढ बनेर जानेछ। नयाँ मानिसहरूसँग भेटघाट हुने र सम्बन्ध विस्तार हुने अवसर मिल्नेछ। यात्रा मनोरञ्जनात्मक र फलदायी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
शत्रु र प्रतिस्पर्धीहरूमाथि सजिलै विजय हासिल गर्न सकिनेछ। मुद्दा(मामिला वा विवादहरू तपाईंको पक्षमा आउनेछन्। स्वास्थ्यमा सुधार आउनेछ र पुराना रोगहरूबाट राहत मिल्नेछ। कार्यक्षेत्रमा मिहिनेतको राम्रो कदर हुनेछ। रोकिएका कामहरू बिस्तारै गतिमा फर्किनेछन्।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।