उत्तर प्रदेशमा सड़क दुर्घटना हुदा २४ मजदुरको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ३ गते

भारत उत्तरप्रदेशमा आज बिहान भएको सडक दुर्घटनामा २४ जना मजदुरले ज्यान गुमाएका छन्।  उत्तरप्रदेशको औरैया जिल्लामा दुई ट्रक एक-आपसमा जुधेका थिए।

ट्रकमा सवार मजदुरहरूको मृत्यु भएको हो। घटनामा धेरै मजदुर घाइते छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। लकडाउन लम्बिँदै जाँदा दैनिक छाक टार्न समस्या भएपछि उनीहरू राजस्थानबाट आ-आफ्नो घर जाँदै थिए। मृतक र घाइते मजदुरहरू पश्‍चिम बंगाल, बिहार र झारखण्डका बासिन्दा हुन्।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको उपचारमा कुनै कसर नछाड्न र मृतकका परिवारलाई तत्काल राहत पुर्‍याउन अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले दुर्घटनाको कारण अनुसन्धान गर्न पनि निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *