अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज,समाचारदाता, जेठ ३ गते
आजबाट पर्सा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास र E-PASSए पास सबै रद्ध गरिएको छ। लकडाउनको बेला पर्सा जिल्ला भित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो ।
लकडाउनलाई कडा बनाउन गृहमन्त्रालयले शुक्रबार अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले पनि हिजो सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् । कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार सबै प्रकारका पासहरु रद्द गरि अझै कडाइ गर्ने भएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास चाहिएमा जुन जिल्लामा जानु पर्ने हो, त्यो जिल्लाको जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने छ । काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी पास चाहिएमा गृह मन्त्रालयको पूर्वस्वीकृति चाहिने छ । सन्चारकर्मीहरु भने सूचना विभागबाट जारी भएको पास देखाएर आउ–जाउ गर्न सक्नेछन् ।