अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २ गते
थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९. को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।