सिमानाका सिल भएपनि डि आईजिको नाऊमा पराजुली र नाञ्जु तस्करहरु संग पैसा असुल्दै

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १८ गते

विश्व व्यापी महामारी रुपले  फैलिरहेको  कोरोना भाइरसका कारण देशभरि लकडाउन भएको  बेलामा पनि पर्सा जिल्लाको  विभिन्न  नाकाबाट भने ठूलो मात्रामा तस्करी भैईरहेको समाचार प्राप्त भएको छ।

सशस्त्र प्रहरी बल बोड्रर आउट पोस्ट भिस्वा  बन्जारी   निरीक्षक  हरिबहादुर पराजुली र नेपाल प्रहरी भिस्वा चौकीका इन्चार्ज सई प्रेम खत्रीको  सेटिङमा पर्साका नामुदत तस्करहरुले भिस्वा चौकीको मुख्य  बाटो भई  भारत बाट लकडाउनको बेलामा रातीको समयमा नेपालमा अभाव भएका सुर्ति , रजंनिगंन्धा , राजनिवाश , पान पराग , लत्ताकपडा , हाडयेवर , भैसी लगाएतका समानहरु भारत बाट नेपाल तर्फ भित्रयाउछन् भने नेपाल बाट भारत  छोकडा, मरिच, मोटर , गिट्टी बालुवा , दारु लगाएतका समानहरु भारतमा रातिको समय सशस्त्र प्रहरी दुबै निरीक्षकहरुले  आफै स्कुटिङ गरी तस्करी गराउदै आएको   स्थानियहरुले बताएका छन्   ।

त्यसतै पर्सा जिल्ला को ग्रामीण भेगको सशस्त्र प्रहरी बल बिओपी  भिखमपुरका निरीक्षक  निरंन्जन नाञ्जु र नेपाल प्रहरी जानकिटोलाको ईन्चार्ज अर्जुन अधिकारीको   मिलोमतोमा  रातिको समयमा बिओपी र चौकीको को मुख्य बाटो भई  भारत बाट सुर्ती र, राजनिवास , रजनिगंधा , कपडा ,हाडवेयर लगाएतका समानहरु भित्राउछन् भने नेपाल बाट छोहडा र रक्सी  , मोटर, मरिच भारततर्फ ठूलो मात्रामा तस्करहरुले तस्करी गरिरहेका छन् ।

उक्त तस्करीको सामान भारतीय सिमा क्षेत्र सिक्टा  , इनार्वा , भंगाहा  सम्म रक्सी पुग्दैछ।तस्करी गर्न लाइन दिएवापत नेपाल प्रहरीको नाममा र सशस्त्र प्रहरीको नाममा ५/५ लाख रूपैयाँ छुट्टयाइएको र त्यो रकम जिल्लाका दुईवटा एसपी को र डिआईजिको नाममा समेत माग्ने गरेको समेत खुलेको छ।

स्करीको लाईन दिनै र तल देखि माथि सम्मको जिम्मा लिने जानकिटोला चौकीको ईन्चार्जा अर्जुन अधिकारी र भिस्वाको ईन्सपेक्टर हरिबहादुर पराजुली हुन् ।

सशस्त्र प्रहरी भिस्वाको प्रहरी निरिक्षक हरिबहादुर पराजुलीले बंजारी बिओपीमा यो दोस्रोपटक बस्दै आएका हुन्। सशस्त्र प्रहरी नेपालको बिधानमा एक चोटी कुनै बिओपीमा गएपछि  फेरी अर्को पल्ट  त्यो बिओपीमा जाने नपाऐ पनि आफु डिआईजी र आईजिपीको खास मान्छे भएर नि दोस्रोपटक आएको तस्करहरुलाई बताउदै डिआईजिको नाऊमा पैसा असुल्दै आएका छन् ।

 तस्करहरुले  मोटरसाईकल, टेम्पो र पिकअप गाडीबाट नाका कटाउने काम गर्नेछन् ।पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेखिन्छ र भित्र लुकाएर सेटिङमा।सिमा कटाइन्छ।यस्तो तस्करी दैनिक हुदै आएका छ। यस्ता ईन्चार्जाहरुको कारणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठननै पूरा बदनाम हुँदै आएका छन् ।यस्ता गैर जिम्मेवार ब्यक्तिहरु प्रति सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *