नेपालमा कुन -कुन प्रदेशबाट कति जना कारोना सङ्क्रमित?

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २५ गते

आज डोल्पा थप भए संगै नेपालका कारोना सङ्क्रमित  जिल्लामा ७१ पुगेको छ। देशको विभिन्न स्थानमा गरिएको पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा  आज थप २१३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रदेश न १ का १२ जिल्लाबाट हाल सम्म २६० जनामा सङ्क्रमण पुष्टि भएको छ। भने प्रदेश न २  का  ८  जिल्लाबाट हाल सम्म ११६१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

बागमती प्रदेशका १२ जिल्लाबाट ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । भने गण्डकी प्रदेशका ९ जिल्लाबाट १११ जनामा सङ्क्रमण पुष्टि भएको छ।

प्रदेश न ५ का १२ जिल्लाबाट १०८१ जना जनामा सङ्क्रमण पुष्टि भएको छ भने कर्णाली प्रदेशका ९ जिल्लाबाट ६३३ जनामा सङ्क्रमण पुष्टि भएको छ र सुदूर पश्चिम प्रदेशका ९ जिल्लाबाट १११ जनामा सङ्क्रमण पुष्टि भएको छ। कुल नेपालमा ३२१२ जना पुरुष र २३६  जना महिला सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *