विश्व भरिमा कोरोनाबाट मर्नेको संख्या ४ लाख नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २६ गते

कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको वल्र्डोमिटर्सको ताजा अपडेटमा देखीएको छ ।

वल्र्डोमिटर्सका अनुसार पछिल्लो समय अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको छ।

पछिल्लो विश्व विवरणका अनुसार हालसम्म संसारका ७० लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ। संक्रमितमध्ये २० लाख संक्रमित अमेरिकाका हुन्।

यो विश्वको कुल संक्रमित संख्याको ३० प्रतिशत हुन आउँछ। यसैगरी अमेरिकामा यो संख्या १५ प्रतिशत रहेको वल्र्डोमिटर्सको तथ्यांकले जनाएको छ।

कोरोनाबाट पहिलो मृत्यु चीनको वुहानमा जनवरी १० मा रेकर्ड भएको थियो। हाल कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ।

त्यहाँ हालसम्म करिब १ लाख १२ हजार जनाको भन्दा बढी मृत्यु भइसकेको छ। पछिल्लो समय ब्राजिलमा मृतकको संख्या बढ्दै गएको छ। यस्तै कोरोनाबाट दोश्रो धेरै ४० हजार ५ सय भन्दा बढीको मृत्यु बेलायतमा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *