अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, मंसिर ५ गते।
जंगलीमौरीले चिलेर सर्लाहीको मलङ्गवा–७, मुसैलीमा १ बालकको ज्यान गएको छ, भने ५ जना अस्पताल भर्ना भएका छन् ।मुसैलीस्थित बाँसघारीमा रहेको भने मौरीले टोकाईबाट बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको सर्लाहीमा कार्यरत नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराईले पुष्टि गरे । भट्टराईका अनुसार, मौरीको टोकाईबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो बिरामी भएका छन् । बिरामी पाँचैजना मलंगवा अस्पतालमा उपचारपछि अहिले घर फर्किसकेको भट्टराईले अनलाईन न्युजपाटी जानकारी दिए ।बाँस घारीमा रहेको जंगलीमौरीलाई बालबालिकाले ढुंगा हानेर जिस्क्याएपछि घटना हुन पुगेको भट्टराईले बताए ।