नागार्जुन नगरपालिका बाफलबाट लागुऔषधसहित पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ५ गते।

काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आज मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै आएका गोकुलबहादुर खड्कालाई पक्राउ गरिएको हो।उनको साथबाट डाइजेपाम ७३ एम्पुल, फेनारगन ७४ एम्पुल र नुर्फिन २२ एम्पल र १० हजार रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले अनलाईन न्युजपाटीलाई जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *