अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर १२ गते।
उदयपुरमा अवैध गाँजासहित एक युवा पक्राउ परेका छन् । कटारी–गाईघाट चल्ने यात्रुवाहक बसबाट त्रियुगा नगरपालिका ६ लालपत्तामा चेकजाँचको क्रममा कटारी ५ का २१ वर्षीय रामकुमार सदा अवैध गाँजासहित बुधबार दिउँसो पक्राउ परेका हुन् ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ४ ख ५८२४ नं. को यात्रुवाहक बस लालपत्तामा चेकजाँच गर्ने क्रममा सदालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले अनलाईन न्युजपाटीलाई बताए । उनको साथबाट २ सय ग्राम गाँजा बरामद भएको एसपी बुढामगरले बताए ।पक्राउ परेका सदालाई अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मगरले बताएका छन् ।