भारतबाट भन्सार छलेर ल्याएको कपडा बरामद

अनलाईन न्युजपाटी,बिराटनगर ,समाचारदाता, भदौ १०  गते ।

 जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट भन्सार छलेर ल्याएको करिब १ लाख २० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।सोमबार राती विराटनगर १२ मा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले चेकजाँच गर्ने क्रममा बेबारिसे अवस्थामा भारतबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेका जनाएको छ । प्रहरीले अवैध रुपमा ल्याएको शर्ट १७३ पिस , लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५०सेट, कुर्था सुरुवाल २० पिस नियन्त्रणमा लिएको हो ।कपडा आन्तरिक राजस्व कार्यालय विराटनगरको जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *