बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमनमा संख्या बढोत्तरी

बाँके समाचार दाता, १५ साउन । आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् । निकुञ्जभित्र रहेका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १६० पर्यटक आएका हुन् ।

तीमध्ये १२ जना विदेशी पर्यटक छन् । उनीहरुबाट रु एक करोड चार लाख ४९ हजार ९८२ राजश्व सङ्कलन भएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।

निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेको थपलियाको भनाइ छ ।

गत आवमा दुई जना मात्र पर्यटक निकुञ्ज भित्रिएका थिए । उनीहरुबाट दुई हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । विसं २०६७ मा स्थापना भएको उक्त निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ । हाल निकुञ्जमा बाघको सङ्ख्या २१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *